फेसबुक एकाउन्ट कसरी डिलिट गर्ने

May31,2024
Delete Facebook Account

फेसबुक एकाउन्ट कसरी डिलिट गर्ने भन्ने तरिका खोज्दैहुनुहुन्छ?

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकबाट टाढा रहन प्रयोगकर्ताहरूले आफ्नो एकाउन्ट मेटाउने (डिलिट गर्ने) र निष्क्रिय गर्ने (डिएक्टिभेट) विकल्प पाउँछन्। फेसबुक खाता निष्क्रिय गर्नुभयो भने, तपाईंले आफ्नो एकाउन्ट पुन: सक्रिय गर्न सक्नुहुन्छ तर यदि तपाईंले आफ्नो एकाउन्ट एक पटक डिलिट गर्नुभयो भने, तपाइँको पोस्ट, फोटो, भिडियो र कमेन्टहरू तपाइँको खातासँगै फेसबुकबाट सदाका लागि हटेर जानेछ। फेसबुक एकाउन्ट डिलिटको अनुरोध गरेपछि ३० दिनभित्र तपाईले आफ्नो फेसबुक डिलिट हुनबाट रोक्न सक्नुहुन्छ तर ३० दिनपश्चात तपाईको फेसबुक एकाउन्ट डिलिट हुनेहुँदा पुनः चलाउन मिल्दैन। त्यसैले फेसबुक एकाउन्ट डिलिट गर्दा हामीले होसियार भई सोचेर डिलिट गर्नुपर्दछ।

सामाजिक सन्जाल फेसबुक डिलिट तथा निष्क्रिय गर्ने बिबिध कारणहरु हुन सक्छन। यसरी आफ्नो फेसबुक एकाउन्टबाट टाढा रहनको लागि तपाईले दिएको तरिकाबाट फेसबुक निष्क्रिय तथा डिलिट गर्न सक्नुहुनेछ ।

फेसबुक एकाउन्ट कसरी डिलिट गर्ने

स्टेप १: तपाईको फेसबुक एकाउन्टमा लगइन गर्नुहोस्।

स्टेप २: अब तपाइँ सेटिंग्स एण्ड प्राइभेसीमा जानुपर्छ। यहाँ तपाईंले सो मोर इन एकाउन्ट सेन्टरमा क्लिक गर्नुपर्नेछ।

सेटिंग्स एण्ड प्राइभेसी | फेसबुक एकाउन्ट कसरी डिलिट गर्ने

स्टेप ३: अब तपाईंले पर्सनल डिटेलस्मा क्लिक गर्नुपर्नेछ र यहाँ तपाईंले एकाउन्ट ओनरसिप एण्ड कन्ट्रोल विकल्पमा क्लिक गर्नुपर्नेछ।

पर्सनल डिटेलस | फेसबुक एकाउन्ट कसरी डिलिट गर्ने

स्टेप ४: यहाँ तपाईंले अन्तिममा डिएक्टिभेसन एण्ड डिलिसन विकल्प देख्नुहुनेछ। अब तपाईंले डिएक्टिभेट एण्ड डिलिट को विकल्प मध्ये कुनै एक रोज्नुपर्छ। जसले तपाईँको एकाउन्ट मेटाउने वा निष्क्रिय गर्ने सुबिधा दिन्छ।

डिएक्टिभेसन एण्ड डिलिसन | फेसबुक एकाउन्ट कसरी डिलिट गर्ने

पहिले सूचित गरेबमोजिम तपाईंको एकाउन्ट निष्क्रिय (फेसबुक डिएक्टिभेट) गरिसकेपछि भविष्यमा पुनः चाहेको खण्डमा तपाईंले आफ्नो एकाउन्ट पुनः सक्रिय गर्न सक्नुहुन्छ तर एक पटक फेसबुक अकाउन्ट डिलिट गरेपछि भविष्यमा फेरि फेसबुक एकाउन्ट एक्टिभेट गर्न नपाउने भएकाले नयाँ एकाउन्ट बनाउनुपर्ने हुन्छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *